भारतबाट धुलाे दूध र खसीबाेका राेक्दा मन्त्री पद गुम्याे : चक्रपाणि खनाल

Chakrapani khanal
लाेकपाटी न्यूज

काठमाडौं, ५ मंसिर। निवर्तमान कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले नेपालमा धुलो दुध आयात रोक्दा शक्तिकेन्द्रले दबाव दिएको खुलासा भएको छ। मन्त्री खनालको कार्यकालमा भएका कामहरु सार्वजनिक गर्ने क्रममा उनले शक्तिकेन्द्रको दबाव आएको खुलासा गरेका हुन्।

उनले मिल्क होलिडे अन्त्यको लागि वर्षेनी हुने धुलो दुध आयातलाइ अनुज्ञापत्र नदिइ रोक्ने रोकेका थिए। उनले उखुमा दिने गरिएको अनुदान किसानको नाममा विचौलीया तथा उद्योगीहरुले दुरुपयोग गरिराखेको भन्दै कार्यविधि संसोधन गरेर सिधै नेपाली किसानको खातामा जाने व्यवस्था गरेका थिए।

कार्यविधि संसोधनको विरोध गर्दै नयाँ मन्त्री बनाइएका हृदयेश त्रीपाठीले कृषि मन्त्रालय खारेज गर्नुपर्छ भन्दै वक्तव्य निकालेका थिए। खनालको कार्यकालमा क्वारेन्टाईनसम्बन्धी कानूनको कडाईका साथ कार्यान्वयन गरी विदेशबाट खसिबोका आयातलाई अन्त्य गरिएको थियो। सो काममा पनि शक्तिकेन्द्रको दबाव आएको मन्त्रालय स्रोतले बताएको छ ।

कृषि मन्त्रालयले कृषि अनुदानलाई वास्तविक किसानहरुमाझ समतामुलक तरिकाले उपलब्ध गराउन निर्देशिका तयार गरी मन्त्रिपरिषदमा पेश गरेपनि ४ महिनादेखि रोकिएको छ। यसै अवधिमा कृषि मन्त्रालयले मन्त्रालय मातहतका निकायमा हुने नियुक्तिहरुलाई पारदर्शी बनाउन नियुक्ति मापदण्ड तयार गरेको थियो। उक्त मापदण्डपनि करिव ६ महिनादेखी मन्त्रीपरिषदमा अड्किएको छ।

साभार : आजको अर्थबाट।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्