पोखरा, ५ मंसिर। कास्की निर्वाचन क्षेत्र नम्बर २ की नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले आफू सामन्तबादको पृष्ठपोषक नभई जनताको सेवक बन्ने प्रतिबद्धताजनाएकी छिन्। चुनावी घरदैलोका क्रममा बिहीबार बिहान पोखरा ३३ ठूलढुंगा, कसेरी, आपुभञ्ज्याङ, मालागिरी क्षेत्रमा भएको छुट्टाछुट्टै चुनावी कोणसभामा उनले भनिन्, म अरुजस्तो सामन्तवादको पृष्ठपोषक बन्दिन।
तपाईंहरुकै सेवक बन्छु।’ उनले महिला, पिछडिएका वर्ग, दलित, जनजाति लगायतलाई आर्थिक रुपमा सबल बनाउन सकेमात्र समृद्धि सम्भव भएको बताउँदै त्यसका लागि आफू लागिपर्ने बताइन्।
कार्यक्रममा पोखरा ३३ का चुनावी कमाण्डर तथा नेकपा केन्द्रीय सदस्य भीम कार्की, प्रदेश कृष्ण थापा, नेकपा नेताहरु विजयबाबु वनबासी, शंकर केसी, रश्मी आचार्य, नेकपा ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी लगायतले पोखराको समृद्धि र विकासको सपना पूरा गर्ने प्रतिवद्धता जनाए।
पोखरा १५ र २१ मा नेकपाको घरदैलो जारी छ। नेकपा उम्मेद्वारलाई विजयी बनाउन घरदैलो जारी रहेको प्रचारप्रसार समिति सहसंयोजक झपटबहादुर रानाभाटले जानकारी दिए।



लाेकपाटी न्यूज

