जति दिन काम गरें, माहुरीले झै गरें : गोकर्ण बिष्ट

gokarna bista
लाेकपाटी न्यूज

काठमाडौं, ५ मंसिर। निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै आफूले माहुरी झै काम गरेको बताएका छन्। पुनःगठित मन्त्रिमण्डलमा नपरे पनि निवर्तमान मन्त्री बिष्टले थप उर्जा र प्रेरणासहित बाहिरिएको बताएका छन्।

‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरें’ बिष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु थप उर्जा र प्रेरणाका साथ।’

‘मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु’ उनले लेखका छन्, ‘सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद’ आजै मन्त्री विष्ट नवनियुक्त मन्त्री रामेश्वराय यादवको पदभार कार्यक्रममा उपस्थित भएर स्वागत गर्न सिंहदरवार जाँदैछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्