काठमाडौं ५ मंसिर । अन्तर्रा्ष्ट्रिय विमानस्थलआगामी पुसदेखि २४ सै घन्टा सञ्चालनमा आउने भएको छ।
मन्त्रालयस्तरीय विकास समस्या तथा समाधान समितिको बुधबार बसेको बैठकमा चालु आर्थिक वर्षको पहिलो चौमासिक नीति तथा कार्यक्रम र बजेटको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भ्रमण वर्षको पूर्वसन्ध्यामा २४सै घन्टा सञ्चालन गर्ने गरी सुधारको काम भइरहेको दिएको हो।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको निमार्णाधीन गौलमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल सन् २०२१ को सुरुदेखि सञ्चालन गर्ने गरी निर्माणकार्यमा तीव्रता दिइएको तथा निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको पनि निमार्ण कार्य शीघ्रसुरुहुने पनि उक्त बैठकमा जानकारी गराइएको थियो।
बैठकमा गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कात्तिक महिनाभित्र ८४ प्रतिशत सकिएको र नयाँ रनवे पूर्व र पश्चिम ट्रेन्च खनी एचडिपी पाइप लेआउटको काम सम्पन्न भइसकेको छ।
त्यस्तै, पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निमार्ण कात्तिकमा मात्रै सात प्रतिशत सम्पन्न भएको र हालसम्म ५० प्रतिशत सकिएको जनाइएको छ। उक्त विमानस्थलको टर्मिनल भवनको पहिलो तल्लाको ढलान भइसकेकोे छ। दोस्रो तल्लाको स्टिल स्ट्रक्चर र ट्रस राख्ने काम भइरहको छ। एक्सेस रोडको लागि जमिन खन्ने र पुर्ने काम भइरहेको छ ।
निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निमार्ण कार्य अघि बढाउन मन्त्रिपरिषद्मा निर्णयकालागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भइसकेको जनाइएको छ। हाल विमानस्थल निर्माणको लागि मोडालिटी तय गर्न सम्बद्ध मन्त्रालय तथा निकायसँग बैठक तथा छलफल भइरहेको पनि बैठकमा जानकारी गराइएको छ।



लाेकपाटी न्यूज