‘मलाई हटाएकोमा एकदम खुसी छु’

Matrika Yadab
लाेकपाटी न्यूज

काठमाडौं, ४ मंसिर। प्रधानमन्त्रीसँग विवाद र ’इगो’ बढेपछि आफूलाई हटाउन पटक-पटक प्रधानमन्त्रीलाई भनेको उद्योग मन्त्री मातृका यादवले दाबी गरे। ‘मलाई कामै गर्न नदिने मनसाय बुझेपछि मैले पटक-पटक प्रधानमन्त्री र सिएम प्रचण्डलाई नै मलाई हटाउन भनेको थिएँ,’ उनले भने।

तपाईंले आफैं किन राजीनामा नदिनु भएको त भन्ने प्रश्नमा उनले भने, ‘मेरा मतदातालाई मैले काम गर्छु भनेर आएको छु। राजीनामा दिँदा भागेजस्तो हुन्छ। मैले कामै गर्न नखोजेको होइन मलाई काम गर्न नदिइएको हो। कि काम गर्न दिनु प¥पो कि हटाउनु प¥यो भनेको हुँ,’ यादवले भने।

अहिले आएर प्रधानमन्त्रीले आफूलाई हटाएकोमा कुनै गुनासो नरहेको उनले बताए। ‘त्यहाँ बसेर कामै गर्न नपाउनु भन्दा मलाई हटाएको नै राम्रो। म त एकदम खुसी छु।’

नियुक्त भएको ४ महिना पनि नपुग्दै उद्योग मन्त्री मातृका यादवको प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषदमै भनाभन परेको थियो। झापाको दमकमा बन्न लागेको औद्योगिक पार्कको विषयमा  प्रधानमन्त्रीसँग उनको भनाभन परेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्