कांग्रेस नेता र सांसदबीच चिया पसलमा कुटाकुट

congress
लाेकपाटी न्यूज

वीरगंज, ४ मंसिर। नेपाली कांग्रेसका दुई नेताहरुबीच आदर्शनगरस्थित ‘बब्लु टि स्टल’ मा कुटाकुट भएको छ। प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो।

प्रत्यक्षदर्शीका अनुसार उनीहरुबीच आज बिहान करिब साढे ७ बजे कुटाकुट भएको हो। पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले दुबैबीच कुटाकुट भएको सुनिए पनि घटनाबारे बुझ्ने काम भइरहेको बताए। राठौरले दुईबीचको कुटाकुटमा घाइते भइ उपचारको लागि नारायणी अस्पतालमा लगिएको जानकारी पाएको बताए।

शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकारे। आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगर सभापति भोला कलवारको भनाइ छ। कांग्रेसभित्रको समीकरणमा दुवैजना शेरबहादुर देउवा गुटका हुन्। उनीहरुबीचको कुटाकुटको कारणबारे नेताहरुले अनभिज्ञता प्रकट गरेका छन्।

टेण्डरको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको भन्दै लिज खारेज गर्न महानगरसँग कागजात माग गरेको छ। सांसद् शर्माले सार्वजनिक कार्यक्रममा टाउन हल वीरगंजबासीको साझा सम्पति भएकोले न्यून शुल्कमा २२ वर्षको लागि लिजमा दिनुलाई गलत भन्दै आएका थिए। सार्वजनिक अभिव्यक्तिपछि एकै पार्टीका दुईबीच मनमुटाव चल्दै आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्