काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले केन्दीय समिति बैठक र भेलाले गरेका निर्णयहरु आज सार्वजनिक गरेको छ।श्रमदानमा निर्माण गर्न सरकारसँग १० किलोमिटर लामो सडक योजना माग गरेको छ।
संघको आज सकिएको पहिलो बैठकले संघको श्रमदानबाट निर्माण गर्न सरकारसँग १० किलोमिटर लामो सडक माग गर्ने निर्णय गरेको हो। ‘सामाजिक उत्तरदायित्व र जनसेवा तथा जनश्रम अन्तर्गत सरकारसँग यो वर्ष १० किलोमिटर सडक निर्माणको श्रम कार्यभार माग गर्ने, यस्तो निर्माण कार्यमा हाम्रो संघको श्रमदान मात्र हुनेछ’ संघका अध्यक्ष रामप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संघले सदस्यहरुले महिनामा एक दिन श्रम गर्नुपर्ने, ३ महिना भन्दा बढी बेरोजगार बस्न नपाइने पनि निर्णय गरेको छ। जमिन हुने सदस्यले खेती गर्नैपर्ने र नहुनेले बरण्डामा भए पनि खेती गर्ने संघले निर्णय गरेको छ ।
राष्ट्रिय युवा संघले आगामी मंसिरभित्र सदस्य संख्या ५ लाख पु¥याउने लक्ष्य पनि लिएको विज्ञप्तिमा जनाइएको छ। संघले आगामी मंसिरमा संघको राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य पनि लिएको छ ।
यो मंसिर र पुस महिनाभित्र केन्द्रीय निकाय तथा विभाग, प्रदेशदेखि जिल्ला हुँदै स्थानीय निकायको एकता सम्पन्न गर्ने, मंसिरदेखि चैत मासन्तसम्म जिल्ला भन्दा तल्ला तहको र वैशाखदेखि साउनसम्म जिल्ला र साउनदेखि कात्तिक महिनाभि प्रदेशको एकता गर्ने पनि लक्ष्य राखेको छ ।
हेर्नुहोस विज्ञप्ति:






लाेकपाटी न्यूज

