आलम प्रकरण : कानूनअनुसारको कुरामा हाम्रो समर्थन छ’

congress press meet
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर। नेपाली कांग्रेसले मोहम्मद अफताव आलम प्रकरणमा कानूनअनुसारको कुराहरूमा आफ्नो समर्थन हुने प्रष्टाएको छ। पार्टीका रौतहट सांसद आलम प्रकरणमा कानूनअनुसारको कुराहरूमा आफ्नो समर्थन हुने बताएको हो।

‘कानूनबमोजिम हुने कुरालाई हाम्रो समर्थन रहन्छ, ’ आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘कांग्रेसलगायत दल मिलेर फौजदारी अभियोग लागेमा निलम्बन हुने र ६ वर्ष चुनाव लड्न नपाउने कानून बनाएका छौं। यस्ता घटनामा कानूनअनुसार हुने कुरा मान्य छ।’

२०६४ सालमा बम विस्फोटमा परी घाइते भएकाहरूलाई ज्युँदै इँट्टाभट्टामा हालेर पोलेको अभियोगमा जेल गएका आलमलाई पार्टीले कारवाही नगरेको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले कानूनअनुसार हुने कुरा पार्टीलाई मान्य हुने बताएका हुन्। मोहम्मद अफताव आलम पुर्पक्षका लागि नख्खु कारागारमा छन्।