एक घर एक धारा सँगै सडकको सुविधा

लाेकपाटी न्यूज

सिञ्जा, ३ मंसिर। जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा एक घर एक धारा पूरा भैसके लगतै घर घर मा सडक पुगेको छ। स्थानिय सरकार आएर विकास भएपछि स्थानिय हरु हर्सित छन्।

गाउँपालिकाको रकम बाट यति ठूलो परिवर्तन आएको आफ्नो कार्यकाल सम्म मा एउटा नमुना बस्ती बनाउन्छु भन्ने मुल नारा लिएर अगाडि बढेको वडा नम्बर ५ का अध्यक्ष बिर्ख बहादुर खत्रीले बताए। मलाई जनताले जिताएका हुन् मैले बाचाका साथ अगाडि बढ्ने छु जनताको साथ हुदा सम्म जनताकै काम मा अगाडि बढ्ने बताए।

पहिलो बर्ष मा आफ्नो वडा लुड्कु मा एक घर एक धारा बनाको र यो ७५र७६ मा सडक बनाउन्छांै, एक बर्ष एउटा योजना बनाउने कार्य योजना बनाको छौं स्वही कार्ययोजना मा रहि आफू काम गर्ने जनाए।

वडाको रकम जति उपभोक्ता मार्फत काम गरेको र उपभोक्ता ले अहिले सम्म पार्दसिक गरेको छ आफू बिश्वस्त रहेको बताए। कुनै गाउँ लाई नछुटाएर प्रत्यक गाउँ बस्ती बस्तिमा आफ्नो कार्यकाल सम्म सड्क खाने पानी पुर्याउने प्रतिवदत्ता गरे।

आउँदा बर्स मा स्वास्थ र शिक्षा मा जोड दिने समेत बताए। सडक उपभोक्ता का सचिव शैलेन्द्र खत्री का अनुसार आफुले जिम्मा लिएको काम लाई रात दिन नभनेर खटिएको र आफुले भने बमोजिम बाटो खनि ग्राभिल गर्दै छौं, केही दिनमै उद्घाटन गर्ने बताए। यो हामी जनताको लागि खुशिको कुरा हो भनि जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्