उपेन्द्र न्यौपाने\ सिञ्जा, १ मंसिर । मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ८ का बासीन्दाले जन्मदर्ताको प्रमाणपत्रसमेत पाउनको लागि मुगु जिल्लाको सदरमुकाम कोगमगडी जानपर्ने बाध्यता रहेको स्थानीयबासी विष्णु रावतको गुनासो छ।
उनका अनुसार तीन घण्टाको पैदल बाटो हिड्नु पर्छ सदमुकाम जानु पर्ने भयो, सामान्य सिफारिस लिन् जानलाई सदमुकाम जानुपर्छ हामी मुगालीबासीलाई सिंह दरवार गाउँ गाउँमा भन्ने नारा मै मात्र सिमित भएको बताए।
रारा छायानाथ ८ कि सुउली रावलले सरकारले वडा सचिवको दरबन्धी भएर पनि तीन वर्ष बिति सक्दा पनि एउटा सचिव नपठाएको गुनासो गरिन्। जन्मदर्ताको प्रमाणपत्र बनाउँदा सचिव कै सहि छाप लगाउन गमगडिमा धाउन बाध्य भएको बताइन्। काम गर्दा करार सचिवले आफूहरुलाई सेवा राम्रो दिएता पनि सहि चापको अधिकार नदिँदा स्थानियहरुलाई दुख भएको होब वडा अध्यक्ष कर्ण रावलको भनाइ छ।
करार कार्यरत सचिवका अनुसार हामी निरन्तर कार्यलयमा भएता पनि सेवा ग्राहीलाई सहि छापको कारण छिटो छरितो काम गर्न नसक्दा आफू दुखी भएको बताए। कुनै पनि सिफारिस गर्न मुगु सदरमुकाम नै जानुपर्ने कस्तो संघीयता भनेर स्थानीय आफूहरुलाई प्रश्न गर्दा आफूहरुलाई कुनै पनि जवाफ नभएको करार सचिव धिरेन्द्र बहादुर शाहीले बताए।



लाेकपाटी न्यूज

