पर्सामा भीषण आगलागी, ठूलाे क्षति भएकाे अनुमान

aago pic
लाेकपाटी न्यूज

पर्सा, १ मंसिर । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्कीदा पर्सामा ठूलो संख्यामा चौपायाको मृत्यु भएको छ। पटेर्वासुगौली गाउँपालिका २ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ वटा खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवा जलेर मरेका छन्।

धुनियाको गोठमा भएको आगलागीमा परी बाख्राका पाठा १८, पाठी २६, बाख्रा ८ विदेशबाट ल्याएका उन्नत जातको बोका २ र ५० वटा परेवाको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। उनले आगलागीबाट धुनियाको गोठ र त्यसमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको बताए।

शनिबार बिहान १ बजे गोठमा भएको आगलागीबाट रु १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान रहेको छ। गोठमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी र पोखरियाबाट गएको वारुणयन्त्रको मद्दतले नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्