काठमाडौं, १ मंसिर । कास्की क्षेत्र नम्बर २ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो सम्पत्ति छानबिन गर्न चुनौति दिएकी छिन्। दोषी भेटिए दण्ड भोग्न तयार रहेकोभन्दै सामाजिक सञ्जाल ट्वीटरमा आज ट्वीट गर्दै उम्मेदवार भट्टराईले छानबिनको नेतृत्व आफैले गर्ने बताइन्।
उनले ट्वीट गर्दै भनेकी छिन्, ‘आरोप लाग्दैमा गलत भन्ने हुँदैन। राजनीतिक पूर्वाग्रहले पनि आरोप लगाइन्छ।’ भट्टराई क्षेत्र नम्वर २ बाटै विजयी बनेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीकी पत्नी हुन्।




लाेकपाटी न्यूज

