भक्तपुर, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपालाई विजयी गराउनु पर्ने बताएका छन्। मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर १९क०मा नेकपाका उम्मेदवार डिपि ढकालको चुनावी कार्यक्रममा आज बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन्।
ढकाललाई जिताउन अपिल गर्दै श्रेष्ठले भने, ‘नेपालको कालापानीलगायत मिचिएको भू-भाग नेकपाले मात्र फिर्ता गराउन सक्छ।’ नेकपाको सरकारले कालापानी , लिपुलेक , लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको दाबी गरे।कुटनैतिक पहलबाट मिचिएको भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको जिकिर गरे।
चुनावी कार्यक्रममा नेता श्रेष्ठसहित सांसद महेश बस्नेत, सांसद रामेश्वर फुयाल, जिल्ला ईञ्चार्ज दिलिप प्रजापति , चांगुनारायण नगरपालिका मेयर सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत लगायतको सहभागिता रहेको थियो।



लाेकपाटी न्यूज

