नेकपा सचिवालय बैठक : यी एजेण्डमा हुँदैछ छलफल

Nekapa
लाेकपाटी न्यूज

काठमाडौं, १ मसिंर । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय आज बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए।

शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक डाकेका हुन्। बैठकको तय भने शनिबार भइसकेको थियो। आजको बैठकमा पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ।

आजको सचिवालय बैठकमा अध्यक्षको कार्यविभाजनबारे पनि छलफल हुने नेकपाका एक नेताले बताए। त्यसबाहेक नेकपामा प्रवास कमिटी अझै गठन भएको छैन भने केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता पाएका छैनन्।