परासी, १ मंसिर । पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्न थालेको छ। पश्चिम नवलपरासीमा पत्नी पीडितका मुद्दा बढ्दै गएका छन्। त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ।
महिना दिनअघि रामग्राम नगरपालिका १५ का २० वर्षीय एक युवा प्रशासन कार्यालयमा माइत गएकी पत्नीलाई झिकाइ दिन निवेदन लिएर पुगे। गत बैशाखमा रुपन्देही जिल्लामा विवाह गरेका उनले पत्नी लिन पटक पटक गए पनि नआएको भन्दै निवेदन दिएका हुन्।
विवाह भएको दुई महिनामै पत्नी माइत गएको निवेदनमा उल्लेख छ। आफूले खान लाउन दिए पनि माईत गएपछि विनाकारण घर नफर्केको उनको भनाइ छ। ससुरालीले पनि छोरी नपठाउने भन्दै आफूलाई फर्काउने गरेको उनले बताए।
‘धेरैपटक पत्नी लिन पुगें तर उनीले आउन नमानेपछि ससुरालीले पनि पठाएनन्,’ प्रमूख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीसमक्ष निवेदन पेसेका उनले भने। (अन्नपूर्ण पोष्ट दैनिकबाट)



लाेकपाटी न्यूज
