एजेन्सी । हङकङमा चीनले आफ्नो जनमुक्ति सेनालाई तैनाथ गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार चीनको पिपुल्स लिबरेशन आर्मी पीएलएका सैनिकले आज हङकङको सडकमा प्रदर्शन गरेका हुन्।
सरकार विरोधी प्रदर्शनपछि अवरुद्ध भएको सडक र भवनहरुलाई सफाइ गर्दै उनीहरु अघि बढेको देखिएको समाचारमा उल्लेख गरिएको छ। सडकमा पीएलए सैनीकको उपस्थितिले चिनियाँ शासित क्षेत्रको स्वायत्तता माथि थप विवाद उत्पन्न हुने सम्भावना रहेको समाचारमा जनाइएको छ ।
६ महिनादेखि जारी प्रदर्शनलाई नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना खटाइएको बताइन्छ। जनमुक्ति सेनाले भने आफू शान्ति कायम गराउन यहाँ आएको प्रतिक्रिया दिएको छ। हङकङको प्रदर्शनबारे चिनियाँ सेनाले पटक पटक टिप्पणी गर्दै आएको थियो।



लाेकपाटी न्यूज

