तेस्रो पटक गरियो प्रधानमन्त्रीको डायलसिस

KP Sharma Oli
लाेकपाटी न्यूज

काठमाडौं, ३० कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीको आज तेस्रो पटक डायलसिस गरिएको छ।उनको ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनी उपचारपछि आज नै निवास फर्कने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।१२ वर्षअघि प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यो मिर्गौला पनि अहिले कमजोर भएर समस्या हुने गरेको छ। मिर्गौलामा राम्रोसँग काम नगरेपछि सोही अस्पतालमा यसअघि कात्तिक १३ गते प्रधानमन्त्री ओलीको पहिलो पटक डायलासिस गरिएको थियो। फेरि कात्तिक १४ गते दोस्रो डायलासिस गरिएको थियो।

grandypressrelease

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्