काठमाडौं, २९ कात्तिक । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा आज बिहान भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो।
सो आगलागीमा १ सय ५० वर्ग मिटरसम्म फैलिएको स्थानीय स्रोतले जनाएको छ। आगालागी भएको बेला उक्त भवनभित्र २५ व्यक्ति रहेका थिए। ती मध्ये आठ जनालाई उपचारको लागि अस्पताल लगिएको थियो।
उपचारको क्रममा पाँच जनाको मृत्यु भएको थियो । एक जनाको अति सघन कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फकिएको जनाइएको छ। (एजेन्सी)



लाेकपाटी न्यूज

