समृद्धिको लागि मेरो उम्मेदवारी : विद्या भट्टराई

Biddya Bhattrai
लाेकपाटी न्यूज

पोखरा, २७ कार्तिक। प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर २ का लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार विद्या भट्टराईको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भिमसेनचोक स्थित शहिद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरी सुरु भएको छ। माल्यार्पणपछि बोल्दै उम्मेदवार भट्टराईले शहिदको सपना साकार पार्ने प्रतिवद्धता जनाइन्।

उनले विकाशको लहर ल्याउँदै गरीबीको रेखामुनी रहेका नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन्। महिला र यूवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो। उनले देश र जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न आँफू उम्मेद्वार बनेर आएको बताइन्।

चुनाबी घरदैलो अन्तर्गत आज पोखराको वडा नम्बर ९ का विभिन्न ठाउँमा भएको प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले जानकारी दिए । यसैबीच नेकपाको चुनावी कार्यक्रम अन्तर्गत पोखरा १५ स्थित अमिनतारा टोलमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व स्वास्थमन्त्री तथा नेकपा गण्डकी प्रदेशका सह(ईञ्चार्ज खगराज अधिकारीले अब भूमिहिनका समस्या बाँकी नराखी काम गर्ने प्रतिवद्धता जनाए। उनले समृद्धिको लागि नेकपा उम्मेदवार विद्या भट्टराईलाई अत्यधिक बहुमतले विजयी गराउन अपिलसमेत गरेका छन्।

कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमु आभासले पनि विद्याको पक्षमा माहौल बन्दै गएको भन्दै जीतको सुनिश्चितता भइसकेपनि भारी मतले विजयी गराउन आग्रह गरिन्। पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेलले वडाले टोल टोलमा गरेका विकाश निर्माण गतिविधिबारे जानकारी गराएका थिए ।

उक्त टोलमा स्थानीय लक्ष्मी परियारको संयोजकत्वमा ५१ सदस्यीय अमिनतारा टोल निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा वडा कमिटी १५ का अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिए।