काठमाडौं, २७ कात्तिक। संयुक्त राष्ट्र सघकों शैक्षिक वैज्ञानीक तथा सांस्कृतिक संगठन (UNESCO) को ४० औं महासभाको बैठक यूनेस्को मुख्यालय फ्रान्सको पेरिसमा सुरु भएको छ। एक सय ९३ राष्ट्रको प्रतिनिधित्व रहेको महासभा बैठकमा नेपालको तर्फबाट शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री एवं यूनिस्को लागि नेपालका अध्यक्ष गिरिराजमणि पोखरेलले गरेका छन्।
जसमा यूनेस्कोको लागि स्थायी प्रतिनिधि महामहिम राजदूत दिपक अधिकारी, यूनेस्को लागि नेपालका सहायक महासचिव डा. बाबुराम अधिकारी, पेरिसस्थित उपनियोग प्रमूख खड्गप्रसाद दाहाल, नेपालको लागि विश्व शिक्षक महांसघ प्रतिनिधि राजेन्द्रराज पौडेल महासभा बैठकमा सहभागि भएका छन्।
बैठकमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री एवं यूनिस्कोको लागि नेपालका अध्यक्ष गिरिराजमणि पोखरेलले यूनिस्को सहयोग र निरन्तरतामा छलफल गर्नुका साथै महासभा बैठकमा सम्बोधन गर्ने छन्। शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको यूनेस्कोको महासभा बैठकले नयाँ नेतृत्व चयन गर्नेछ।



लाेकपाटी न्यूज

