वडाध्यक्ष छविलाल पक्राउ

nepal-police
लाेकपाटी न्यूज

धनगढी, २६ कात्तिक। कैलालीको मोहन्याल गाउँपालिका ५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन्।कार्यालय सहयोगी तुलसरा सिंजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन्।

पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रमूख भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्