मुख्यमन्त्री पोखरेलको कडा आलोचना, त्यस्तो के लेखे फेसबुकमा ?

Shankar-Pokhrel
लाेकपाटी न्यूज

काठमाडौं, २६ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई नहटाउने संकेत ओलीनिकट एक नेताले दिएका छन्।

यसअघि २२ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना करिब १३ जना सल्लाहकार र स्वकीय सचिवलाई राजिनामा गर्न भनेका थिए। प्रधानमन्त्री ओलीले १ मंसिरदेखि लागू हुने गरी उनीहरूलाई सल्लाहकार र सचिवालयबाट हटाउने निर्णय गरेका थिए।

प्रधानमन्त्री ओली निकटस्थ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्रीका प्रमुख रानीतिक सल्लाकार परिवर्तन हल्ला साबित हुने उल्लेख गरेका छन्। मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल : सुखी नेपाली अभियानको भरोसायोग्य सारथी नै विष्णु रिमाल भएको दाबी गरेका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको गतिविधिको पार्टीभित्रैबाट आलोचना हुँदै आएको छ। यस्तो स्टाटस लेखेपछि मुख्यमन्त्री पोखरेलको धेरैले आलोचना गरेका छ्न। मुख्यमन्त्री पोखरेललाई एकिन्द्र कुँवरले पदको गरिमा राख्दै यस्ता भद्दा मजाक नगर्न अनुरोध गरेका छन्।

त्यस्तै, डिल्ली ढुंगानाले रिमाललाई सबैभन्दा टर्रो रुखो बोली भएका काम नलाग्ने व्यक्ति हुन् भनी गाली गरेका छन्। खेमप्रसादले विष्णु पौडेललाई रिमालको ठाउँमा नियुक्त गरिए झन् भरोसायोग्य हुन्थ्यो कि भनेर ब्यङ्ग गरेका छन्। नवीन खड्काले विष्णु रिमाल भनेको यो देशको लागि एक घातक व्यक्ति भएको टिप्पणी गरेका छन्।