काभ्रे, २६ कात्तिक । काभ्रेको बनेपा नगरपालिका १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपरले बोलेरोे मोटरसाइकललाई च्यापिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रहेका भक्तपुर नगरपालिका ९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर ८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका छन्। उनको भक्तपुरस्थित मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



रासस न्यूज
