भारतसामू झुक्दैनौं : मन्त्री याेगेश भट्टराई

yogesh_Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २३ कात्तिक। संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले लिम्पीयाधुराबाट उत्पत्ति भएको काली नदी नै नेपाल र भारतको सीमा नदी भएको बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आज स्टाटस लेख्दै काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीबित मानिसहरुका भनाइबाट प्रष्ट रहेको जनाएका छन्।

मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहू खोज्नुको कुनै तुक छैन। भारत पछी हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ। नेपालले छोड्ने कुरै आउंदैन । सिंगो नेपाल एक छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्