प्रधानमन्त्री ओलीद्वारा सर्वपक्षीय बैठक आव्हान

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, २३ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वपक्षीय बैठक आह्वान गरेका छन्। भारतले सार्वजनिक गरेको नक्सा तथा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्न आज (शनिबार) अपरान्ह ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेका हुन्।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवादका विषयमा समान धारणा बनाउन सर्वपक्षीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको विषयलाई लिएर देशभर विरोध प्रदर्शन शुरु भएपछि प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएका हुन् ।

सरकारले यसअघि नै विज्ञप्ति निकालेर एकपक्षीय नक्सा मान्य नहुने बताएको छ।बालुवाटारमा बस्ने बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा सीमाविद्हरु सहभागि हुने छन् ।