भारतीय हस्तक्षेपविरुद्ध पश्चिम नवलपरासीमा प्रर्दशन

Nawalparasi
लाेकपाटी न्यूज

नवलपरासी, २२ कार्तिक । भारतीय हस्तक्षेपविरुद्ध पश्चिम नवलपरासीमा प्रर्दशन गरिएको छ। पश्चिम नवलपरासीको सुनवलमा सत्तारुढ नेकपा निकट अनेरास्ववियुले प्रर्दशन गरेको हो। अनेरास्ववियुका रमेश नेपालीको नेतृत्वमा सुनवलबाट लिकालिएको मोटरसाइकल र्‍यालिमा नालापानि र लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण वन्द गर भन्दै भुमहिमा पुगी कोणसभामा परिणत भएको थियो।

भारतले एक पक्षिय ढङगले जारी गरेको नक्सासमेत सच्याउन माग गरेका थिए। कोणसभामा बोल्दै जिल्ला कमिटि सदस्य सूर्य न्यौपानेले भारतले नेपालको सर्वभौसत्ता अखण्डतामाथि हस्तक्षेप गर्न खोजेको भन्दै विरोध गरे।

त्यस्तै विद्यार्थी नेता रमेश नेपालीले जे जस्तो परिस्थीति आएतापनि सीमा संरक्षणका निम्ती अनेरास्ववियु तयार रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्