आजको मौसम पूर्वानुमान : यी क्षेत्रमा पानी पर्ने सम्भावना

mausama
लाेकपाटी न्यूज

काठमाडौं, २१ कात्तिक। अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ ।पश्चिमी वायु् र चक्रवातको प्रभावका कारण अहिले देशका सबैजसो ठाउँको मौसम बद्ली भएको मौसमविद् विभूति पोखरेलले बताए।

मौसम बद्लीसँगै आज धेरै ठाउँमा पानी पर्ने अनुमान पनि गरिएको छ। आज मध्य र पश्चिमका धेरै ठाउँमा पान पर्ने मौसमविद् पोखरेलले बताए। यस्तै पूर्वका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको छ।

यसैबिच, पश्चिमी वायु र चक्रवातको प्रभावले उच्च पहाडी र हिमाली जिल्लामा हिउँ पर्ने हुँदा पर्वतारोहणमा जाँदा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। सकेसम्म एक दुई दिन पर्वतारोहणमा नजान मौसमविद् पोखरेलको सुझाव छ।

हिउँसँगै चिसो हावा चल्ने सम्भावना रहेकाले पर्वतारोहणमा हिँडनै परे पनि विशेष सावधानी अपनाउन उनको आग्रह छ। अबको एक दुई दिन नै मौसम यस्तै रहने पनि मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्