काठमाडौं, २० कात्तिक । नेपाल सरकारले गएको शनिबार भारतले प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालमा भइरहेको चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पस्ट छ’ आज परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
‘नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन् बाँकी सीमासम्बन्धी समस्याहरुको समाधानका लागि प्राविधिकहरुको सल्लाहमा दुबै देशका परराष्ट्रसचिवहरुले काम गर्ने गरी जिम्मेवारी दिइएको’ विज्ञप्तिमा उल्लेख छ।
‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पस्ट छ’ विज्ञप्तिमा भनिएको छ।
परराष्ट्र मन्त्रालयले ‘सरकार नेपालको अन्तर्रा्ष्ट्रिय सीमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य–प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको’ जनाएको छ।
हेर्नुहोस् प्रेस विज्ञप्ति




लाेकपाटी न्यूज

