भारतीय हस्तक्षेप सैह्य हुँदैन : प्रचण्ड

Prachanda Photo
लाेकपाटी न्यूज

काठमाडौं, २० कात्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले लिपुलेक आफ्नो नक्सामा राखेको हो भने यो कुनै पनि हालतमा सैह्य नहुने बताएका छन्।

दाङको घोराहीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस विषयको समाधानका लागि सरकारले पहल थालिसकेको समेत बताए। आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उनले बताएका छन्।

चीन र भारतबिच असमती राख्दा राख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यसको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने अध्यक्ष प्रचण्डले भने।