दाङ, २० कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक भएको बताएका छन्। आज दाङमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।
उनले प्रदेश प्रमुख परिवर्तन नयाँ सरकार गठनसँगै हुनु पर्ने भएपनि केही समय ढिलो हुन गएको बताए। उनले भने, ‘प्रदेश प्रमुख परिवर्तन अलि पहिले नै हुनुपर्ने थियो। नयाँ सरकार गठन भइसकेपछि, नैतिक रुपले र राजनीतिक रुपले पनि। अलिकति ढिलो भयो।’
अध्यक्ष प्रचण्डले सबैलाई मिलाएर जाऔँ भन्ने भावनाका कारण पनि प्रदेश प्रमुख परिवर्तनमा केही ढिलाई भएको बताए। उनले भने, ‘मैले त भन्ने गरेको छु, हाम्रो नेपाल कम्युनिष्ट पार्टी अलि उदार, अलि लचिलो छ। सकेसम्म सबैलाई मिलाएर जाऔँ भन्ने भावनाको कारणले दुई वर्ष ढिलो भएको हो। अहिले भएको छ र त्यो सहज ढंगले भएको छ।’



लाेकपाटी न्यूज

