‘काेहलपुरका डिएसपीमाथि राजनीति गरियाे’

pic
लाेकपाटी न्यूज

बाँके, १९ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले अपराधी कुनै पार्टीको मान्छे नहुने भन्दै डीएसपी हेमबहादुर शाहीमाथि राजनीति गर्न खोजिएको जनाएको छ। डिएसपी शाहीमाथि राजनीति गरेर दोषीलाई बचाउने काम गरेको भन्दै नेकपा बाँकेका जिल्ला अध्यक्ष इन्द्रप्रसाद खरेल (आइपी) र सचिव अशोक कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनालाई राजनीतिक रंग दिएर जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई प्रभावित पार्दै अराजकतालाई प्रश्रय दिने जुनसुकै हर्कतको हाम्रो पार्टी घोर भत्र्सना गर्दछु।

यस्तै डिएसपी शाहीमाथि लगाइएको आरोप प्रहरीमाथिको हस्तक्षेप भएको भन्दै आफ्ना अपराधकर्म लुकाउन विभिन्न षडयन्त्र हुन् थालेको बाँके नेकपाको ठहर छ।

बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज, २० स्थित नमस्ते भिलेज रिसोर्टबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमूख प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई हतियारसहित पक्राउ गरेको थियो।

डिएसपी साबको

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्