सरकारविरुद्ध कांग्रेसले आन्दोलन गर्छ : सभापति देउवा

Sherbahadur-Deuwa
लाेकपाटी न्यूज

काठमाडौं, १९ कात्तिक। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले यस्तै गतिविधि देखाइरहे कांग्रेस आन्दोलनमा जाने बताएका छन्। सिन्धुपाल्चोकमा भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले अधिनायकवादको आचरण दिएको आरोपसमेत लगाए।

प्रदेश प्रमूख हटाएर सरकारले गलत काम गरेको बताए। प्रतिपक्षको भूमिकालाई समेत नहेरेर सरकारले आफूखुसी काम गर्दै गएको आरोप लगाए। सरकारले देश र जनताको बिषयमा गम्भिर भएर नलागेको बताए।

जनताको पक्षमा कांग्रेसले आवाज उठाइरहको भएकाले आगामि दिनमा पनि सरकारले यस्तो कदम नसञ्चाए कांग्रेस त्यसको प्रतिरोधमा उत्रने दावी गरे। सरकारले विकासको नाममा विनास निम्त्याउँदै आएको आरोप लगाए। नेकपाको सरकार आएपछि देशमा भ्रष्टाचार, विकृत्ती, महङ्गी मौलाएको आरोप लगाए।