काठमाडौं, १९ कात्तिक। नेपाल राष्ट्र बैंकले आज (कात्तिक १९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५४ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यसैगरी पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७० पैसा रहेको छ। यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा र बिक्रीदर २७ रुपैयाँ ३६ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ। र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा रहेको छ।




लाेकपाटी न्यूज
