नवनियुक्त प्रदेश प्रमूखद्वारा सपथ ग्रहण

pradeshparmukha sapatha
लाेकपाटी न्यूज

काठमाडौं, १९ कात्तिक। सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमूखले पद तथा गोपनियताको सपथ लिएका छन्। आज बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमूखलाई सपथ खुवाएकी हुन्।

सरकारको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १ मा कास्कीका सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा बाँकेका तिलक परियार, प्रदेश नम्बर ३ मा झापाका विष्णुप्रसाद प्रसाईं, गण्डकीमा चितवनमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा सिराहाका धर्मनाथ यादव, कर्णालीमा बैतडीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा चितवनकी शर्मिला कुमारी पन्तलाई प्रदेश प्रमूख नियुक्त गरेकी थिइन्।

यसअघि आइतबार तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेश प्रमूखलाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्