काठमाडौं, १९ कात्तिक। । संयुक्त राज्य अमेरिकाले पेरिस सम्झौताबाट पछि हटने तयारी गरेको छ। पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने तयारी गरेको हो।
आफ्नो मनसायबारे अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ। सम्झौताले अमेरिकालाई अनावश्यक आर्थिक भार पर्ने भन्दै पेरिस सहमतिबाट बाहिरिन चाहेको जनाएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक महिना अघि नै आफ्नो योजनाबारे राष्ट्रसंघलाई जानकारी गराएको बताए। उक्त सम्झौतामार्फत विश्वका एक सय ८८ राष्ट्र जालवायू परिवर्तनका मुद्धामा एक भएर अघि बढ्ने प्रतिवद्धतासहित गोलवद्ध भएका थिए ।
पेरिस सम्झौताले अमेरिका र अन्य १८७ देशलाई बढ्दो विश्वव्यापी तापमान नियन्त्रणका लागि प्रतिवद्धता जनाएको थियो । गत वर्ष डिसेम्बरमा अन्तर्रा्ष्ट्रिय र युरोपेली मामिला प्रतिष्ठानले जारी गरेको एक प्रतिवेदन अनुसार राष्ट्रपति ट्रम्पले गरेको पेरिस सम्झौताले ठूलो क्षति भएको औंल्याएको थियो।
उक्त प्रतिवेदनले रसिया र टर्कीले हस्ताक्षर गरेपनि सम्झौता पालान गर्न इन्करा गरेकोसमेत उल्लेख गरेको छ। (एजेन्सी)



लाेकपाटी न्यूज

