डा. केसीद्वारा १७ औं अनसन सुरु

govinda kc 1
लाेकपाटी न्यूज

अमरगढी, १८ कात्तिक। डा. गोविन्द केसीले आफ्नो १७ औं अनसन डडेल्धुराबाट शुरु गरेका छन्। डा. केसीले पत्रकार सम्मेलन गरी सोमबारदेखि डडेल्धुरामा अनसन शुरु गरेका हुन्।

चिकित्सा शिक्षासहित संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा आफ्ना ५ बुँदे माग अगाडि सारेका केसीले सरकार आफ्ना मागप्रति उदासिन रहेको भन्दै अनसन बस्नका लागि डडेल्धुरा पुगेका हुन्। केसीले डडेल्धुरा सदरमुकाम अमरगढीको अस्पताल रोडमा रहेको एउटा निजी क्लिनिक रहेको घरमा अनसन शुरु गरेका हुन्।

डा. केसीले निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको दोस्रो तलको एउटा कोठामा अनसन शुरु गरेका छन्। डा. केसीको अनसनका लागि स्थानीय स्तरमा व्यवस्थापन गरिएको उनका सहयोगीले बताएका छन्।

डा. केसीले आफ्ना ६ बुँदे मागका अतिरिक्त डडेल्धुरा अस्पतालमा रिक्त रहेका दरबन्दी तत्काल पूर्ति हुनुपर्ने र डोटी या डडेल्धुरामा मेडिकल कलेज खोलिनुपर्ने थप २ माग पनि अगाडि सारेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्