महरामाथिकाे थुनछेक बहस सकियाे

Krishna-Mahara
लाेकपाटी न्यूज

काठमाडाैं। जबरजस्ती करणी उद्योगको अभियोग लागेका तात्कालिन सभामूख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ ।आइतबार शुरु भएको थुनछेक बहस केही बेर आज केहीबेर अगाडि सकिएको हो ।

बहस सकिएसँगै अदालतले सम्भवतः अबको केही बेरमा नै थुनछेक आदेश जारी गर्ने छ । जबरजस्ती करणाी उद्योग मुद्दाको पुर्पक्षका लागि महरालाई साधारण तारेखमा राख्ने, धरौटी तिराएर तारेखमा राख्ने वा र पुर्पक्षमा पठाउने भनेर अदालतले आदेश जारी गर्ने छ ।

थुनछेक बसह सकिनै लाग्दा महरामाथि बलात्कार प्रयासको आरोप लगाउने पीडित महिला समेत काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । अदालतको आदेशानुसार पीडित महिलालाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । तर, अदालतमा उपस्थित गराइएकी पीडित महिलाको बयान भने नलिएको अदालत स्रोतले जनाएकाे छ।

महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्