सिन्धुपाल्चोक, १८ कात्तिक। सिन्धुपाल्चोकको सुकुटेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। आइतबार २ जनाको उपचारका क्रममा मृत्यु भएको थियो १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार सोमबार दुईजनाको शव फेलापरेसँगै मृतकको संख्या १९ पुगेको हो।
सोमबार सुनकोसी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एकजना र अर्का एकजनाको शव घटनास्थलबाट केही तलमात्रै भेटिएको प्रहरीले जनाएको छ।
सोमबार शव भेटिएका दुईजनाको परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। आइतबार मृत्यु हुनेमा एक पुरुष, सात महिला, ६ बालक र तीन बालिका रहेका थिए। आइतबार मृत्यु भएका १७ जनाकै सनाखत भइसकेको छ। दुर्घटनामा परी ५२ जना घाइते भएका छन्। खसेर दुर्घटना भएको थियो।



लाेकपाटी न्यूज
