डडेल्धुरामा अनसन बस्दै डा. केसी

govinda kc 1
लाेकपाटी न्यूज

काठमाडौं, १८ कात्तिक। डाक्टर गोविन्द केसी अनसन बस्न डडेल्धुरा पुगेका छन्। सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाको माग राखेका डा. केसी अनसन बस्न डडेल्धुरा पुगेको उनले बताए। चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. केसी अनसन बस्न तीन दिन अघि नै काठमाडौंबाट डडेल्धुरातर्फ हिँडेका थिए।

उनी अहिले त्यहाँका स्थानीयसँग अनसन बस्ने ठाउँको व्यवस्थापन गरिरहेका छन्। डा. केसीले अनसन बस्नकै लागि भर्खरै आफू डडेल्धुरा पुगेका बताएका छन्। उनले अनसन बस्नका लागि जिल्ला अस्पताल डडेल्धुरामा रगत, रक्तचापलगायत स्वास्थ्य परीक्षण गरिरहेको जानकारी दिए।

‘हामीले ओली सरकारलाई दोस्रो अल्टिमेटम दिएका थियौं कात्तिक १८ गतेसम्मका लागि । तर, हाम्रो माग पूरा गर्न ओली सरकारले चासो दिएन। त्यसैले अब अनसन बस्छु म’, डा केसीले भने, ‘अनसन कहाँ बस्ने भनेर तय भइसकेको छैन, अहिले जिल्ला अस्पतालमा अनसन बस्नको लागि स्वास्थ्य परिक्षण गरिरहेको छु, तर अस्पतालमै चाहिँ बस्दिनँ ।’ डा केसीले डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज खोल्नु पर्ने माग गर्दै आएका छन्। उनले डडेल्धुराबाटै आफ्नो १७ औं अनसन शुरु गर्न लागेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्