काठमाडौं, १८ कात्तिक। सात वटै प्रदेशका प्रदेश प्रमूखलाई पदमुक्त गरेपछि अहिले फेरि सातै प्रदेशमा प्रदेश प्रमूख काे हुने भन्नेबारे चर्चा शुरू भएकाे छ। सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमूखलाई पदमुक्त गरिदिएपछि नयाँ प्रदेश प्रमूखको चर्चा शुरु भएको हाे।
अबको केही दिनमै नयाँ प्रदेश प्रमूख नियुक्त गर्ने गरी सरकारले तयारी शुरु गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरुको नाम भावी प्रदेश प्रमूखका लागि चर्चामा आएको छ । नेकपाका एक नेताका अनुसार प्रदेश २ मा सत्तासाझेदार दल समाजवादी पार्टी नेपाललाई दिएर बाँकी ६ प्रदेशमा नेकपा समर्थित व्यक्तिलाई प्रदेश प्रमूख नियुक्त गर्ने गरी तयारी भइरहेको छ ।
प्रदेश नम्बर २ को प्रमूखका लागि नेकपा नेता रामचन्द्र झाको चर्चा छ । यस्तै, नयाँ प्रदेश प्रमूखका लागि नेकपाकी २ जना नेतृ उर्मिला अर्याल र शर्मिला त्रिपाठीको नाम पनि चर्चामा छ । भावी प्रदेश प्रमूखका लागि प्रदीप नेपाल र अमिक शेरचनको नाम पनि चर्चामा छ ।
भावी प्रदेश प्रमूखका लागि सोमनाथ प्यासी, अमृत बोहरा, केशव बडाल, धर्मनाथ यादव, गणेशमान गुरुङ, तिलक परियार, गुरु बराल, गोविन्द भट्ट, खेमराज भट्ट (मायालु), उर्वादत्त पन्त, अशोक श्रेष्ठ लगायतको नाम चर्चामा रहेको पाइएकाे छ।



लाेकपाटी न्यूज

