बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

cabinet-pm-office-1
लाेकपाटी न्यूज

काठमाडौं, १७ कात्तिक। प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकहरुसँग परामर्श गरेर फर्किएपछि प्रधानमन्त्री निवासमै मन्त्रिपरिषद बैठक सुरु भएको हो।

प्रधानमन्त्रीको मिर्गौलाले राम्रोसँग काम नगर्दा फोक्सोमा पानी जमेको पाइएपछि बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा डायलासिस गरिएको थियो । तेस्रो डायलासिसको तयारी भइरहेको छ।

त्यसअघि प्रधानमन्त्री ओली आज बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डिओ भास्कुलर तथा थोरासिक सेन्टर पुगेर स्वास्थ्य जाँच गराएका छन्। त्यहाँ प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको थियो । त्यसक्रममा फोक्सोमा जम्मा भएको पानी अहिले नरहेको पाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्