अदालतमा महरामाथि थुनछेक बहस सुरु

Krishna Bdr Mahara
लाेकपाटी न्यूज

काठमाडौं, १७ कात्तिक। जबरजस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामूख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार बिहान ११ बजेबाट महरामाथि थुनछेक बहस सुरु भएको हो ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

गत शुक्रबार न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासले महराकाे बयान लिएको थियो । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारागार चलान हुने भन्नेबारे अदालतले आदेश दिनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्