काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो स्वास्थ्यका बारेमा व्रिफिङ गर्ने छन्। यसअघि हिजो बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था, उपचार बारेमा व्रिफिङ गरेका थिए।
आजै नेकपाको सचिवाल बैठक पनि बस्ने र उपनिर्वाचनाका लागि उम्मेदवार टुंगो लगाउने तय भएको थियो।



लाेकपाटी न्यूज

