काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौलाले काम नगरेकाले नियमित डायलासिस गर्नुपर्ने अवस्था आएको बताएका छन्। सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै प्रचारमा आएजस्तो आफू सिकिस्त विरामी नभएको स्पष्ट पारेका हुन्।
१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको बुधबार र विहीबार आकस्मिक रुपमा ग्रान्डी अस्पतालमा डायलासिस गरिएको थियो।
‘मिर्गौलाले दुःख दियो’, ओलीले बैठकमा ब्रिफिङ गरेका थिए, ‘केही रिर्पोट आउन बाँकी छ। सबै रिपोर्ट आएपछि डाक्टरले थप निर्णय गर्नुहुनेछ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट



लाेकपाटी न्यूज

