उपचारको अभावमा सुत्केरीको ज्यान गयो

parsuti-1
लाेकपाटी न्यूज

राजेन्द्र बिक\ बाजुरा, १६ कार्तिक। बाजुराको त्रिवेणी नगरपालिकामा सुत्केरी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका वडा नं. १ छतारा निवासी सुनिल दमाईकी श्रीमती रजिया नेपाली रहेकी छिन्।

रजियालाई सुत्केरी ब्यथा लागेपछि शुक्रबार साँझ आफन्तजनहरुले नजिकैको छतारा स्वास्थ्य चौकीमा लगेका थिए। स्वास्थ्य चौकीमा रजियाले शिशुलाई जिवितै जन्मदिए पनि आफू भने जिबित रहन सकिनन्।

शिशुलाई जन्मदिएको केही घण्टापछि बेहोस भएर रजियाको स्वास्थ्य चौकीमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिए। बाजुरामा स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागि आवश्यक औषधि, उपकरण नहुँदा सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउने गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्