नेपालबाट कलकत्ता सुन तस्करी गर्ने दुई पक्राउ

nepal-police
लाेकपाटी न्यूज

विराटनगर, १६ कात्तिक । नेपालबाटै भारतको कोलकत्तालगायतका स्थानसम्म सुन तस्करी हुने गरेको खुलासा भएको छ। प्रहरीले विराटनगरबाट भारतको कोलकतातर्फ सुन लैजाँदै गरेका दुई भारतीय कालीगढ पक्राउ गरेसँगै नेपालबाट त्यसतर्फ सुन तस्करी भइरहेको तथ्य सतहमा आएको हो।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दुधली जिल्ला कमुदुवा ग्रामपञ्चायत बस्ने ३९ वर्षीय स्वर्पकुमार वाग र सोही स्थानका शेष सडानलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुको साथबाट सिक्का र टुक्रा गरी ६६ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यायल, मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

विराटनगरबाट सुन लिएर जाँदै गरेको सूचना पाएपछि दुई जनालाई नियन्त्रणमा लिएको डीएसपी श्रेष्ठले बताए। पक्राउ परेकाहरुलाई बिहीबार भन्सार कार्यालय, विराटनगरमा बुझाइएको छ। प्रहरीले सुन पठाउने पसल सञ्चालकमाथि अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेकाहरुले गहना बनाउनका लागि सुन लिएर कोलकताका लागि हिँडेको बयान दिएका छन्। विराटनगरका केही व्यापारीहरू सुनका गहना बनाउनका लागि कोलकत्तासम्म पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्