नेकपाकाे सचिवालय बैठक शुरु

Nekapa_Sachiwalay
लाेकपाटी न्यूज

काठमाडौं, १६ कात्तिक। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक शुरू भएको हाे।

बैठकमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ । यसअघि शुक्रवार (हिजो) नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा उपचार गरेर विहीवार साँझ बालुवाटार फर्किएका थिए । स्वास्थ्यमा सुधार आएलगत्तै नेकपाकाे सचिवालय बैठक बसेकाे हाे।