उपेन्द्र न्यौपाने/ जुम्ला, १५ कात्तिक। कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बाट सुर्खेतको लागि छुट्ने यात्रु बहाक गाडीले आफू खुसी भाडा बढाएर स्थानीयहरु मर्कामा परेका छन्। गोठिज्युलादेखि सुर्खेतसम्म १ हजार ६६ दर रेटलाई आफू खुसी बढाएर दुई हजार पुर्याएको छ ।
तर प्रशासन भने मौन रहेको कसु गाउपालिका ५ का स्थानीयबासी रमाकान्त उपाध्यायले बताए। मनपरी भाडा दरका कारण तीन महिना रोजगारका लागि भारतको विभिन्न ठाउँ जानेहरु यतिबेला सिञ्जाका बासिन्दाहरु सिञ्जामै थन्किएका छन् भने आधा आधी पैदल यात्रा एक दिन भरी हिडेर कालिकोटको नाग्मसम्म हिड्न बाध्य भएका उपाध्यायले बताए।
मुगु खमालेका तिर्थ राज बुढाले यातायात प्रशासन पनि मौन भएको गुनासो गरे। अर्कातिर धुल्लाम्मे सडकमा धुलै धुलोले सतायको बेला गाडी साहूले आफू खुसी भाडाले आफूहरुलाई दुःख भएको बुढाले बताए। घर खर्च चलाउनको लागि तीन महिना भारतको गल्ली गल्ली गएर कमाउने बेला यतिबेला भाडा महङ्गो हुँदा स्थानीयलाई सास्ती भएको बताए।



लाेकपाटी न्यूज

