सभापति देउवाकै अगाडि कांग्रेस कार्यकर्ताको नाराबाजी

Sher Bahadur Deuwa
लाेकपाटी न्यूज

काठमाडौं, १५ कात्तिक। नेपालीका कांग्रेसका कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन्। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ९नेवि संघ० भित्रको विवादलाई लिएर कार्यकर्ताहरुले आफ्नै पार्टीका सभापति देउवाविरुद्ध नाराबाजी गरेका हुन् ।

शुक्रबार पदाधिकारी बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका देउवाले आफ्नै कार्यकर्ताको विरोध र नाराबाजीको सामाना गर्नु परेको हो । आगामी मंसिर १४ गते देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तोक्ने, भातृ संगठनको विवाद समाधान गर्ने लगायत एजेण्डामा छलफल गर्न शुक्रबार दिउँसो १ बजेका लागि पदाधिकारीहरुको बैठक बोलाइएको थियो ।

तर, पार्टी कार्यालयमा नै कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्न थालेपछि तोकिएको समयमा बैठक नै शुरु हुन सकेन । सभापति देउवा पुग्दा कार्यकर्तालेहरुले ‘विधान मिच्न पाइँदैन, टीके प्रथा चाहिँदैन, हनुमान नेता चाहिँदैन‘’ लगायत नारा लगाएका थिए ।

आफू पुग्दा कार्यकर्ताहरुले नारा लगाएको देखेर आक्रोशित भएका देउवाले जंगिदै कार्यकर्ताहरुलाई ‘यो के गरेको रु’ भनेर आक्रोश पोखेका थिए । नेवि संघभित्र अहिले उमेर विवादले उग्र रुप लिएको छ । नेता कृष्ण सिटौला पक्षधर कार्यकर्ताहरुले ३२ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई नेविसंघको नेतृत्वमा ल्याइए आमरण अनसन बस्ने चेतावनी दिँदै आएका छन् ।