‘आलमकाे कूकर्म देउवालाई थाहा थियो’ (भिडियोसहित)

sundarmani dixit pic
लाेकपाटी न्यूज

काठमाडौं, १४ कात्तिक । नागरिक समाजका अगुवा डा. सुन्दरमणी दिक्षितले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सांसद मोहम्मद अफताब आलमले कुकार्य गर्ने गरेको जानकारी भएको तर्क गरेका छन्। उनले आमलको यथार्थ जानकारी भएकैले देउवा उनलाई जोगाउन बोलेको आरोप लगाए।

‘शेरबहादुर देउवाजीलाई आलमले गुण्डा पाल्ने गरेको र गलत काम गर्ने गरेको पूर्ण जानकारी थियो,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छनमा ऋषि धमलासँग भने, ‘त्यसैले उनले बोले ।’

देउवाले बोल्न नहुने बोले गम्भीर गल्ती गरेको आरोप लगाए। अफताब दोषी हुन् भन्ने आफूलाई लागेको भन्दै कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए। उनले अपराधीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताए ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्